बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमले पुलिस क्लबलाई आर्थिक सहयोग गर्ने

बुधबार, ११ मङ्सिर २०७६, १६ : ४०
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले नेपाल पुलिस क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । 

सामाजिक उत्तरदायित्व अन्तर्गत दूरसञ्चार कम्पनी एनटिसीले पुलिस क्लबका महिला तथा पुरुष फुटबल टीमलाई आर्थिक सहयोग गर्ने भएको हो ।

 बुधबार नक्सालस्थित प्रहरी हेडर्क्वाटरमा एक समारोहका बीच  एनटीसी र प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
सम्झौता पत्रमा एनटिसीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र प्रहरीका तर्फबाट प्रहरी प्रमुख सर्वेन्द्र खनालले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनसार एनटीसीले पुलिस क्लबलाई एक बर्षका लागि ३२ लाख उपलब्ध गराउने छ भने पुलिस क्लबले एक वर्ष सम्म महिला तथा पुरुष फुटबल खेलमा एनटीसी अंकित जर्सी लगाएर मैदानमा उत्रने छन् ।

एनटिसी र नेपाल पुलिस बीचको यो तेस्रो सम्झौता हो । यसअघि २०६८ र २०७३ मा पनि सहकार्य भएको थियो । २०६८ मा १६ र ७३ मा २२ लाख रुपैयाँ सहयोग भएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तरगतको यो कार्यक्रमलाई अबका दिनहरूमा पनि निरन्तरता दिने प्रमुख अधिकारीले बताएका छन् । सम्झौता एक वर्षका लागि गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप