शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा नेपाली चेलीहरुले गरे विजयी सुरुवात (फोटोफिचर)

बुधबार, ११ मङ्सिर २०७६, १७ : ०६
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाली चेलीहरुले विजयी सुरुवात गरेका छन् । बुधबार भएको महिला भलिबलतर्फ नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको छ ।

नेपालले २५–९, २५–९ र २५–११ को सोझो सेटमा हराएको हो ।

विजयी भएपछि नेपाली टीमका कोच जगदीश भट्टले बंगलादेश नयाँ टीम भएकाले आजको जित स्वाभाविक भएको बताए ।

 सागमा महिला भलिबको इतिहास खासै लामो छैन । तीन पटक सहभागिता जनाएको महिला भलिबल टोलीले रित्तो हात भने फर्कनु परेको छैन ।

    

महिला भलिबल टोलीले सन् १९८७ मा औपचारिक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको थियो । सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौँ सागदेखि महिला भलिबलले सहभागिता जनाउन थालेको हो । त्यतिबेला काठमाडौँमा भएको खेलमा नेपालले कास्य पदक हात पारेको थियो ।

सन् २००६ मा श्रीलङ्काको कोलम्बोमा भएको दशौँ सागमा महिला भलिबल टोलीले दोस्रो पटक सहभागिता जनायो । त्यतिबेला पनि नेपालले कास्यपदक नै पायो । त्यसपछि नेपालले सन् २०१४ मा भारतमा भएको १२ औं सागमा तेस्रो पटक सहभागिता जनायो । १२औँ सागमा नेपालले कास्य पदक नै प्राप्त गरेको थियो । तर गत कात्तिक महिनामा बङ्गलादेशमा भएको प्रथम एभिसी सेन्ट्रल जोनमा पहिलो पटक ऐतिहासिक सफलता हासिल हासिल ग-यो ।

   

नेपाली महिला टोलीले ‘सेन्ट्रल जोन’मा माल्दिभ्सलाई ३–० को सोभो सेटमा पराजित गर्दै भलिबलको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्न सफल भयो । दक्षिण एशियामै सधैँ तेस्रो बन्ने महिला भलिबल टोलीलाई यसपटकको सागमा नयाँ इतिहास कायम गर्ने मौका छ । यसपटकको सागमा पहिलेको भन्दा राम्रो पदर्शन गर्ने धेरैले अपेक्षासमेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप