शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु

बुधबार, ११ मङ्सिर २०७६, १७ : ३३
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौँ । अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।  सबैकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस  सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन् । 

बस पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा २५-३० जना यात्रु सवार रहेको अनुमान गरिएको छ । 

बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।  

यसैबीच घटनास्थलमा प्रहरीका साथै स्थानीयले उद्दार जारी राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप