कानुनमन्त्री यादव नै आचारसंहिता विपरीत चुनावी प्रचार–प्रसारमा
जनकपुर । उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र र प्रदेश–२ सरकारक मुख्यमन्त्री र मन्त्रीहरु मंसिर १४ गते हुने उपनिर्वाचनमा आचारसंहिता विपरीत प्रचार–प्रसारमा उत्रिएको पाइएको छ ।
चुनाव प्रचार–प्रसारमा बहालवाला मन्त्रीहरु सहभागी हुन नपाउने निर्वाचन आयोगको आचारसंहितालाई वास्ता नगरी उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्रदेखि प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीसम्म चुनावी प्रचारमा लागेको पाइएको छ ।
प्रदेश २ सरकारले सरकारी नम्बर प्लेटसहित सरकारी सेवा सुविधाको व्यापक दुरुपयोग हुदाँ पनि निर्वाचन आयोगले मौन समर्थन गरेको नेकपाका केन्द्रीय सदस्य रामकुमार शर्माले आरोप लगाए ।
यता निर्वाचन आयोग महोत्तरीका प्रमुख पुष्पा झाले जिल्ला निर्वाचन आयोगमा मौखिक मात्रै उजुरी आएकाले कारवाही प्रक्रियाअघि बढाउन कठिन भएको प्रतिक्रिया दिइन् । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदमा आगामी शनिबार हुन गइरहेको उपनिर्वाचनको प्रचार सभालाई सम्बोधन गर्दै मतदातासँग मत समेत मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम
-
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो