शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोद्वारा नयाँ कलरओएस सेवेन सार्वजनिक, पहिलो पटक चीन बाहिर सार्वजनिक कार्यक्रम

बुधबार, ११ मङ्सिर २०७६, १८ : ५४
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौं– ओपोले आफ्नो नयाँ कलरओएस सेवेन भारतको नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको छ । 

ओपोले चीन भन्दा बाहिर एण्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको यो नै पहिलो पटक हो । नयाँ नारा “स्मुथ एण्ड डिलाइटफुल”का साथमा कार्यक्रम मार्फत सार्वजनिक नयाँ कलरओएस’मा प्रयोगकता केन्द्रित अनुभव प्रदान गर्ने सोचका साथ, असिमित डिजाइन अवधारणा, प्राविधिक समाधान तथा नयाँ स्थानियकरण गरिएका फिचर्स लगायत समाविस्त गरिएका छन् ।

“विश्वभरका ३० करोड भन्दा बढी उपभोक्तालाई थप सहज, तिब्र र सुलभ अनुभव प्रदान गर्ने  सोचका साथ कलरओएसमा अनुकुलन समावेश गरेको छ ।”,

ओपो कलरओएसका वरिष्ठ रणनीति प्रबन्धक, मार्टिन ल्यूले भने, “यो अपडेटले प्रणालीगत डिजाइनको पुनर्कल्पना मात्र नभइ श्रब्यदृष्य तथा गेमिङ अनुभवमा समेत सुधार प्रस्तुत गरेको छ । साथै, हाम्रा प्रयोगकर्ताहरुका लागि तिनका विशेष आवश्यकता अनुसार स्थानियकृत फिचर्स उपलब्ध गराएका छौँ । साथै समयान्तरालमा स्थानियकरणको यो प्रयासलाई निरन्तर अगाडी बढाउँदै लाने समेत हाम्रो योजना छ ।”

सरल र हलुंगो, ईन्फिनिट डिजाइन

ईन्फिनिट डिजाइनका साथमा कलरओएसले युजर ईन्टरफेसमा थप सरलिकृत अनुभव प्रदान गर्न लाइटवेइट भिज्यूअल एप्रोच अपनाएको छ । यसले प्रयोगकर्तालाई आफ्ना रुचि अनुसारका सामग्रीमा ध्यान केन्द्रित गर्न थप सघाउने छ । 

आईकन अप्टिमाइजेसनमा समग्र नियन्त्रणका साथमा यसमा रहेको डार्क मोडले दिनभर हरेक अवस्थामा अदृतिय पठन अनुभव पस्कने छ । यसले प्रयोगकतालाई अध्ययनमा ध्यान केन्द्रित गर्न सघाउनुका साथै ब्याट्री खपतमा न्यूनिकरण ल्याउन समेत सघाव मिल्ने छ ।

“नयाँ कलरओएस सेवेनले ओपोकोे पृथक ब्राण्ड परिचयलाई अझ अघि लाने कार्यमा सफलता मिलेको छ ।”, ओपोको नयाँ ब्राण्ड तथा भिज्युअल परिचय स्थापित गर्न ओपोसंग सहधार्य गरेको विश्व प्रसिद्ध डिजाइन एजेन्सी पेन्टाग्रामका एक पार्टनर एडि ओपाराले भने, “श्रब्य र दृष्यदेखि प्रयोगकर्ता अनुभव तथा भावनात्मक संलग्नता लगायत हरेक पक्ष मार्फत यसले ओपोको अलौकिक, सरल र स्मार्ट ब्राण्ड सौन्दर्य झल्काएको छ ।”

साउण्ड अपग्रेड

कलरओएस सेवेनले सरल अन्तरक्रियाका लागि थप मार्ग प्रशस्त गरेको छ । नयाँ मौसम(अनुकूली अलार्मले स्वचालितरुपमा मौसम अनुसार अलार्म साउण्ड समायोजित गर्छ । 

साथै, नयाँ आर्टिस्ट वालपेपर प्रोजेक्ट अनुसार अब प्रयोगकर्ताले समय र स्वाइपका आधारमा परिवर्तन हुने थप जीवन्त वालपेपरको मज्जा लिन सक्नेछन् । 

साथै, नयाँ अपग्रेडेड ह्याप्टिक डिजाइनले अझ सटिक टच रेस्पोन्स साउण्ड र थप यथार्थवादी टच अनुभव प्रदान गर्छ । चार्जिङ, मौसम तथा एप डिलेट गर्दाका लागि यसमा नयाँ एनिमेसनको ब्यवस्था गरिएका छन् । 

कलरओएसको समग्र साउण्ड सिस्टम अपग्रेडका लागि ओपोले डेनमार्कको अडियो डिजाइन कम्पनी ईपिक साउण्डसँग सहकार्य गरको छ । प्रकृतिबाट प्रेरित नयाँ साउण्ड ईफेक्टले प्रयोगकर्तालाई आरामदायी श्रब्य अनुभव प्रदान गर्छ ।

यसले प्रणाली नियन्त्रणका साथै रिंगटोन्स, नोटिफिकेसन्स लगायत अन्य धेरै प्रणालीमा समेत सुदृढ अनुभव प्रदान गर्छ । 

तिब्र र सहज

युआई फस्र्ट अवधारणामा आधारित कलरओएसमा तिब्र र सहज अनुभव प्रदान गर्ने सोचका साथ ओफास, ओमेम र ओसेन्स लगायतपनि समावेस गरिएका छन् । ओफास क्यास प्रिलोडका लागि एक संयन्त्र हो । 

यसले कोल्ड स्टार्टलाई वार्म स्टार्ट जत्तिकै तिब्रता प्रदान गर्छ । यसले गर्दा अब एप्स अझ छिटो खुल्नुका साथै सञ्चालन समेत हुन्छ । त्यसैगरी ओमेमले प्रयोगकर्ताका बानीको आधारमा प्रणालीगत संसाधनलाई आवश्यकता अनुसार स्थानान्तरण तथा बाँडफाँड गरी तिब्र अनुभव प्रदान गर्न सघाउँछ । 

यो प्रविधिको सहायताबाट ¥यामको उपयोगिता ४०%ले बुष्ट हुन्छ । एक भन्दा बढी एप्स चलिरहेको बखत यसको कारण सिस्टम रेस्पोन्समा पनि ३०%ले बृद्धि हुन्छ । साथै, ओसेन्स (तालिका संयन्त्र)ले फ्रन्ट एन्ड र प्रयोगकर्ता सम्बन्धि थ्रेडलाई प्राथमिकता दिँदै टच रेस्पोन्स तथा फ्रेम रेट्स समायोजन गरी गेमिङलाई थप सहज बनाउन सघाउँछ ।

तिब्र प्रतिस्पर्धात्मक ब्याटल गेम्सका लागि टच रेस्पोनसमा २१.६% र फ्रेम रेटमा ३८%ले सुधार प्रदान गरिएको छ ।

गोपनियता सुरक्षा 

प्रयोगकताका ब्यक्तितग गोपनियता सुरक्षाको महत्व अहिले सर्वाधिक रहेको बारेमा ओपो जानकार छ । त्यसैले यस तर्फ विशेष ध्यान दिँदै ओपोले यूजर डाटा सुरक्षार्थ पर्सनल ईन्फोरमेसन प्रोटेक्सन शिल्ड उपलब्ध गराएको छ । 

यसले थर्ड पार्टी एप्सबाट तिनका सुचना जोगाउन सघाउँछ । प्राइभेट सेफले फोटो, भिडियो, अडियो लगायत अन्य डक्यूमेन्ट्सलाई एप्सको पहुँचभन्दा बाहिर स्टोरेज फोल्डर सेक्योर जोनमा स्थानान्तरण गर्छ । 

उत्कृष्ट नयाँ फिचर्स

सुरुवाती अवस्था देखि नै ओपो आफ्नो ईमेजिङ क्षमताका लागि परिचित छ । नयाँ कलरओएस सेवेनले यसलाई अझ एच कदम अगाडी लान सघाएको छ । 

एआई ब्यूटिफिकेसन २.०ले वातावरण र प्रकासको उचित मापन गर्दै प्रयोगकर्ताको स्किन टोनका आधारमा स्पष्ट फेसियल डिटेल्सका साथै सर्वाधिक प्राकृतिक तथा आकर्षक लुक्स पस्कन सघाउँछ । यसमा रहेको अल्ट्रा नाइट मोडले क्यान्डललिट डिनर्स, रात्रीकालिन बजार लगायत स्थानमा न्वाइज घटाउँदै, थप स्पष्ट, चहकिला तथा जीवन्त रंग सहितका अदृतिय रात्रीकालिन फोटो खिच्न सघाउँछ । 

ओपोको स्मार्ट भिडियो एडिटर, सोलुपले भिडियो खिच्ने प्रक्रिया तथा एडिटिङ कार्यलाई थप सहज बनाउँदै नयाँ प्रयोगकर्ताका लागि समेत सुन्दर भिडियो खिच्न तथा एक ट्यापकै भरमा सेयर गर्न सघाउँछ ।

उपलब्धता

ओपोको अहिले सम्मकै सर्वाधिक ठूलो अपडेटका रुपमा लिइएको कलरओएस सेवेन, २० भन्दा बढी फोन मोडलका लागि उपलब्ध गरिने बताइएको छ । 

समाहित फोनको सूचिमा रेनो, फाइन्ड एफ, के र ए सिरिज अन्तरगतका मोडल्स रहेका छन्  भने चीन, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, यूरोप, एसिया(प्यासिफिक र मिडल ईस्ट लगायत क्षेत्र रहेका छन् । नोवेम्बर २६देखि प्रयोगकर्ताहरुले यसको ट्रायल भर्जनको अनुभव लिन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप