बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले नेकपालाई बदनाम गराए आफैं सकिन्छ: अध्यक्ष प्रचण्ड

बुधबार, ११ मङ्सिर २०७६, २२ : ११
बुधबार, ११ मङ्सिर २०७६

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताएका छन् । 

नेकपा निर्वाचन परिचालन कमिटी धरानले आज आयोजना गरेको चुनावी सभामा उनले काँग्रेसले नेकपालाई बदनाम गराए आफै सकिने बताए । ‘नेपालको विकास कम्युनिष्टले गर्छ । अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन्’ 

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘हामीले महिला राष्ट्रपति, जनजाति उपराष्ट्रपति, महिला सभामुख बनाइसकेका छौँ । अब महिला, जनजाति र दलित प्रधानमन्त्री बनाउने पालो छ ।’ सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता भीम आचार्य, नगर प्रमुखका उम्मेदवार प्रकाश राईलगायतले बोलेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप