शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खुमलटारमा तीज कार्यक्रम (६ तस्बिरमा हेर्नुहोस्)

शनिबार, ०३ भदौ २०७४, १३ : ४२
शनिबार, ०३ भदौ २०७४

    हरितालिका पर्वको अवसरमा खुमल्टार युवा क्लवले तीज कार्यक्रम मनाएको छ ।  कार्यक्रममा क्लवलाई वि डिभिजन फुटवल क्लव बनाउन आर्थिक रुपमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
    तीज कार्यक्रममा बोल्दै ललितपुर महानगरपलिकाकाकी उपमेयर गीता सत्यालले महिलाहरुको चाड तीजले समाजमा महिलालाई खुलेर बाँच्न सिकाएको विचार व्यक्त गरिन् । 
सभासद सुशीला नेपालले आजका महिला अधिकारको सवालमा प्रगति भईरहेको र संविधान कार्यान्वयपछि समाजमा महिला अधिकार सथापित हुने विस्वास व्यक्त गरिन् । 
    रातो साडी र रातै चुरा पोतेमा सझिएका सहभागी स्थानीयहरु तीजको भाखामा तृत्यसँगै सहभोजमा सहभागी भएका थिए । महिला अधिकारको पक्षमा निरन्तर वकालत गरेको भन्दै उपमेयर सत्याल र नेपाललाई क्लवले सम्मान समेत गरेको थियो ।

खुमलटार क्लवका अध्यक्ष मणिराज विष्टले क्लव सधै महिलाहरुको हितमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिवद्धता व्यक्र गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप