शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँची बस दुर्घटनाका घाईतेको उपचारमा कुनै कसर बाँकी नराख्न सांसदको आग्रह

बिहीबार, १२ मङ्सिर २०७६, ११ : ५२
बिहीबार, १२ मङ्सिर २०७६

अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका–६ नरपानी रातामाटामा बस दुर्घटनाका घाईतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न प्रदेशसभा सदस्य कल्पना पाण्डेले आग्रह गरेकी छन् ।  

घाईतेहरुलाई भैरहवा मेडिकल कलेजमा भेट्दै स्थानीय प्रशासनलाई घाईतेको उपचारमा कुनै कन्जुस्याँइ नगर्न आग्रह गरेकी हुन् ।

 राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित पाण्डेले दुर्घटनाले अर्घाखाँची शोकमा डुबेको भन्दै आजको  दिनलाई जिल्लामा इतिहासकै कालो दिनका रुपमा चिनिने उल्लेख गरेकी छन् ।

अर्घाखाँचीको सदरमुकामवाट गोरीसिँगे आउँदै गरेको बसमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका छन् । 

दुर्घटनाका ७ जना गम्भीर घाइतेको उपचार बुटवल र भैरहवाका बिभिन्न अस्पतालमा भइरहेको छ । लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनामा मृत्तक ११ जनाको मात्रै सनाखत भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप