शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बल्छी धुर्बे’को नामबाट फिल्म बन्ने

बिहीबार, १२ मङ्सिर २०७६, १२ : ०६
बिहीबार, १२ मङ्सिर २०७६

हाँस्यश्रृखला ‘मेरी बास्सै’का चर्चित पात्र ‘बल्छी धुर्बे’को नामबाट पनि फिल्म बन्ने भएको छ । लुम्बिनी मुभि मेकरले यो नामबाट फिल्म निर्माण गर्न लागेको हो । 

राजधानीमा आयोजित एक कार्यक्रममा शुभमूर्हुत गरिएको फिल्म काठमाडौँ र उपत्यकाबाहिर छायाँकन हुने निर्माण युनिटले जनाएको छ ।

आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे , अर्चना सुवेदी, योजना पुनमगर, रामशरण खत्री, राजन श्रेष्ठ, संगम प्रजापती, लालप्रसाद सापकोटा र दीपक भण्डारीलगायतको मुख्य भूमिका रहने फिल्ममा बालकलाकार युना खड्का र समिर प्रजापतिको पनि अभिनय रहनेछ ।

शंकर अधिकारी घायलको गीत, दीलिप कहरको छायाँकन, विवेक थापा र राजन मर्हजनको नृत्य रहने फिल्म केदार मल्लले निर्देशन गर्न लागेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप