शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण चीनमा भूकम्प

बिहीबार, १२ मङ्सिर २०७६, १४ : ०८
बिहीबार, १२ मङ्सिर २०७६

नानिङ– चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।

भूकम्पबाट पाँच जना घाइते भएका थिए । भूकम्पबाट जियाङ्सी र चोङजाओमा सबैभन्दा बढी क्षति भएको छ । 

स्थानीय प्रशासनले ३०० भन्दा बढी घरमा नराम्रोसँग क्षति पुगेको र करिब १० लाख अमेरिकी डलर बराबरको धनमाल क्षति भएको जनाएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप