शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माछा सुपरजोनमा ५० करोडको क्षति

शनिबार, ०३ भदौ २०७४, १४ : २८
शनिबार, ०३ भदौ २०७४


वीरगञ्ज- बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, इकाइ ( माछा सुपरजोन) सिम्रोनगढ बाराकाअनुसार केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीले करिब सात सय हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरी भत्काउँदा उक्त क्षति भएको परियोजना प्रमुख युगलकिशोर तिवारीले बताए । 

माछासुपरजोन कार्यक्रमअन्तर्गत बाराको सिम्रौनगढ नगरपालिका, कचोर्वा, भगवानपुर, विलोनी, पेतपारी गाउँमा एक हजार हेक्टर क्षेत्रफलमा माछा पोखरी खन्ने कामसमेत बाढीले प्रभावित पारेको छ । 

सरकारले सात प्रदेशमा सात वटा सुपरजोन कार्यक्रम लागू गरेअनुरुप बारामा पनि माछा सुपरजोन कार्यक्रम लागू भएको हो । माछा खेतीका लागि बारा जिल्ला उर्वरभूमी भएकाले केही दिनयता आएको वर्षा र बाढीका कारण किसानले व्यावसायिक रुपमा गरेको माछाखेतीमा क्षति पु¥याएको र यसबाट करिब रु ३२ करोड ५० लाख मूल्य बराबरको माछा क्षति भएको दावी किसानको छ । 

यसैगरी बाराको कोल्हवी नगरपालिकाअन्तर्गत रहेको पोखरीमा बाढीको पानी पस्दा दुई हजार ५०० मेट्रिकटन माछा बगाउँदा करिब रु ५० करोड बराबरको क्षति भएको छ । 

यसैगरी बाढीले माछा ह्याचरी बगाउँदा रु ५० करोड र फिगर साइजको माछा बगाउँदा रु ३० करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालय बाराले जनाएको छ । 

बाढीबाट व्यापक मात्रामा माछा बगाएर क्षति पु¥याएकाले पीडितलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग किसानको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप