बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्जुरी बैंक इलाम शाखाद्वारा राहसल बाल गृहलाई किताब र्याक हस्तान्तरण

बिहीबार, १२ मङ्सिर २०७६, १९ : ०५
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं– सेञ्चुरी बैंक इलाम शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम–९ गोलाखर्क भञ्ज्याङस्थित राहसल बाल गृहलाई १६ ढोके किताब राख्ने र्याक हस्तान्तरण गरेको छ । 

बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन अध्यापनको लागि सहज होस भन्ने हेतुले किताब राख्ने र्याक हस्तान्तरण गरेको बताएको छ । 

इलाम शाखाका शाखा प्रबन्धक अजेश मण्डलले सो अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई किताब राख्ने र्याक हस्तान्तरण गरे । 

सो अवसरमा संस्थाका अध्यक्ष चौहानले उक्त सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफनो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए । 

बैंकले समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तर उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप