बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्युरोडबाट ३८ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

बिहीबार, १२ मङ्सिर २०७६, १९ : १९
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं । अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा ३८ लाख १२ हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् । विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेकसहित काठमाडौंको न्युरोडबाट उनीहरु पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमाथि थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप