शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पक्षमा सर्वोच्च अदालतले सुनायो बहुप्रतिक्षित फैसला

बिहीबार, १२ मङ्सिर २०७६, २३ : ४९
बिहीबार, १२ मङ्सिर २०७६

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार साँझ प्रधानमन्त्री इमरान खानलाई राहत मिल्नेगरी बहुप्रतिक्षित फैसला सुनाएको छ । सर्वोच्च अदालतले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल छ महिना थप गरेपछि प्रधानमन्त्री खानलाई थप राहत मिलेको हो ।

सर्वोच्च अदालतले आफ्नो आदेशमा भनेको छ, ‘सेनापतिको रूपमा जनरल बाजवाको वर्तमान नियुक्ति छ महिनाको हुनेछ (थप गरिएको छ) । नयाँ कानून बनेपछि उनको अर्को अवधि तोकिनेछ।’ अदालतको यो फैसलापछि अब प्रधानमन्त्री खानले सेना ऐनमा संशोधन गर्नुपर्नेछ र त्यसपछि मात्र यो संसदबाट स्वीकृत हुनेछ।  त्यसपछि खानलाई सेना प्रमुखको कार्यकाल बढाउन सूचना जारी गर्ने अधिकार हुनेछ।

बिहीबार प्रधान न्यायाधीश आसिफ सईद खोसा, न्यायाधीशहरु मिया मजहर आलम खान र सय्यद मन्सूर अली शाहको बेन्चले यो फैसला गरेको हो । यही विषयलाई लिएर पाकिस्तानको संसद पछिल्लो तीन दिनदेखि अवरुद्ध थियो । त्यहीबेला सेना प्रमुखका रूपमा जनरल बाजवाको म्याद थप्ने सुनुवाई अदालतमा चलिरहेको थियो ।

सेना प्रमुखका रूपमा जावेद बाजवाको कार्यकाल नोभेम्बर २९ मा समाप्त हुँदैथियो, यद्यपि, प्रधानमन्त्री इमरान खानले पहिले नै यसलाई ३ बर्षका लागि निर्णय गरिसकेका थिए। उनको यो निर्णयलाई राहत हुनेगरी बिहीबार सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्च अदालतको निर्णयलगत्तै प्रधानमन्त्री खानले ट्वीट गरी खुशी व्यक्त गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘२३ बर्षअघि हाम्रो पार्टीले स्वतन्त्र न्यायपालिका र कानूनको पहिलोपल्ट वकालत गरेको थियो। २००७ मा पीटीआईले न्यायपालिकाको स्वतन्त्रताको लागि आन्दोलन शुरू गर्‍यो र म त्यसबेला जेल पनि गएँ। म जस्टिस खोसाका लागि ठूलो सम्मान गर्दछु। उनी पाकिस्तानका उत्कृष्ट कानूनविद हुन् ।’ 

Photo: BBC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप