शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिस एयर होस्टेसका लागि ५१ युवती छानिए

शनिबार, ०३ भदौ २०७४, १५ : ४१
शनिबार, ०३ भदौ २०७४

काठमाडौं – सिजन मिडियाले  विगत ७ वर्ष देखि आयोजना गर्दै आएको मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणको लागि पहिलो चरणको छनौट प्रक्रिया वाट ५१ जना  युवतीहरु छनौट गरिएको छ ।
मिस एयस होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिनन सहरहरुमा एयर होस्टेसको तालिम लिइ वसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत ५फिट २ इन्च उचाई भएका ८१ जना युवतीहरुले प्रतियोगीताको लागि आवेदन फारम भरेका थिए । यस प्रतियोगितात्मक कार्यक्रमवाट प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास  लागि सहयोग पु-याउने र एयर होस्टेस वन्नको लागि सहयोग पु¥याउने भन्ने हेतुले यो कार्यक्रमलाई निरन्तरता दिएकोे सिजन मिडियाले जनाएको छ । 


उक्त छनौट कार्यक्रममा नेपाल एयरलाइन्सको वोर्ड डाइरेक्टर अच्युतराज पहाडी , क्यानका ट्रमिनल म्यानेजर सुनीता भारद्धाज , सिम्रिक एयरका चिफ एयर होस्टेस  अस्मीता खनाल,हिमालयन एयरलाइसका इन्जीनियर रन्जीत जैसवाल र अफिसियल कोरीयोग्राफ रोजीन शाक्य रहेका थिए । 

 उक्त प्रक्रियावाट छनौट भएका  प्रतियोगीहरुलाई भदौ ५ गतेवाट  कमलादीस्थित सिडव्लु पाटी प्यालेसमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण ,हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने साथै स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछन्  । भाद्र अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ ।

 प्रतियोगिताका विजेताले “मिस एयरहोस्टेस २०१७” को ताज उपाधि सहित रु २५ हजार नगद पुरस्कार पाउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ ।  र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन भने फस्ट रनर अप र सेकेण्ड रनरले क्रमस रु १५ हजार र १० हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । 
यस बाहेक अन्य विभिन्न १५ विधामा पनि सव टाइटल अवार्डहरु प्रदान गरिने उनको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप