दक्षिण कोरियामा आर्थिक मन्दी, कामदारको माग घट्यो
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिँदै आएको दक्षिण कोरियामा देखिएको औद्योगिक मन्दीको असर नेपालमा पनि परेको छ ।
कोरियाको निर्यातमा आएको ह्रासका कारण औद्योगिक क्षमता कमजोर हुँदै गएको छ भने सोही कारण नेपाली कामदारको माग पनि कम हुँदै गएको छ । सन् २००८ देखि शुरू गरिएको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियाले नेपाली श्रमिक लग्दै आएको थियो ।
कोरियाबाट प्रकाशित हुने कोरियन हेराल्डका अनुसार त्यहाँको समग्र औद्योगिक उत्पादन र अटोमोबाइल क्षेत्रमा मन्दी आएको छाएको छ । देशको समग्र औद्योगिक क्षमतामा अघिल्लो महिनाको तुनामा अक्टोबरमा ०.४ प्रतिशतले कमी आएको छ । सोही अवधिमा अटो मोबाइल क्षेत्रमा ४.४ प्रतिशतले देखिएको छ ।
त्यसैगरी सेवा क्षेत्रमा ०.३ प्रतिशतले वृद्धि भएपनि खुद्रा व्यापारमा ०. ५ प्रतिशतले गिरावट आएको छ । त्यस्तै लगानीमा ०.८ प्रतिशतले कमी देखिएको छ । कोरियाको औद्योगिक तथ्यांक इकाइले विद्युतीय पार्ट र अटो मोबाइल क्षेत्रमा देखिएको ह्रासका कारण समग्र अर्थतन्त्रमा असर परेको उल्लेख गरेको छ ।
त्यसको प्रत्यक्ष असर कोरियाको साना तथा मझौला उद्योगमा समेत परेको छ । सोही कारण त्यहाँका उद्योगले वैदेशिक कामदार कटौति गर्न थालेको छ । विदेशी श्रमिक कटौति गर्न थालेपछि त्यसको असर नेपालमा परेको हो ।
कोरियाले भाषा परीक्षालाई दोस्रो र सीप परिक्षणलाई पहिलो प्राथमिकतामा राखेर छनोट प्रक्रियामा कडाइ गरेर कामदारको मागमा कमी आएको प्रष्ट संकेत गरेको छ । त्यसले गर्दा त्यतातर्फ जाने नेपाली श्रमिकको आकर्षणमा पनि कमी आएको छ । कोरियाली मानव संशाधन विकास बोर्डका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वमा नेपाल आएको टोलीले पनि नेपाली कामदार कोरिया लैजान समय लागेको स्वीकार गरेको छ ।
कोरियाले सन् २०१७ को भाषा परीक्षा छनोट भएर कोरिया जाने तयारीमा रहेका कृषि क्षेत्रका ७ हजार कामदारमध्ये अझै २ हजार प्रतिक्षामै रहेका छन् । त्यस्तै गरी कोरिया सरकारले कोरियामा काम गर्ने समयसीमा सकिएका नेपालीलाई स्वदेश फार्काउन आग्रह गरेको छ । कोरियामा अवैधरुपमा बस्ने नेपालीको संख्या बढ्दै गएको भन्दै त्यहाँको सरकारले नेपाल सरकारलाई अनुरोध गरेको हो ।
यसरी सन् २०१७ मा छनोट भएका कामदार कोरिया जान नपाउने र त्यहाँ रहेका नेपालीलाई पनि स्वदेश फर्कन दवाव दिनुले त्यहाँको नकारात्मक आर्थिक अवस्था प्रष्टिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र