बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘दबङ्ग–३ सुपरफ्लप हुनेछ, केवल काम नपाएका र रिक्शावाल चलचित्र हेर्न जानेछन्’

शुक्रबार, १३ मङ्सिर २०७६, १० : ३९
शुक्रबार, १३ मङ्सिर २०७६

एजेन्सी । अन्टसन्ट बयानबाजी गरेर मिडियामा चर्चामा बनिरहने कमाल आर खान (केआरके) ले ‘दबङ्ग–३’ फ्लप हुने भविष्यवाणी गरेका छन् ।

आफूलाई फिल्म समीक्षक बताउने खानले बक्स अफिसमा सलमान खानको चलचित्र नराम्रोसँग पिट्ने दाबी गरेका हुन् । उनले चलचित्रको ट्रेलरलाई महाफ्लप बताएका छन् ।

दबङ्ग–३ डिसेम्बर २० मा रिलिज हुँदैछ । हालैमात्र केआरकेले चलचित्र निर्माता भूषण कुमारलाई पनि बलिउडका नम्बर १ फ्लप निर्माता बताएका थिए ।

कथित फिल्म समीक्षक खानले दबङ्ग–३ लाई लिएर कयौँ टिप्पणी गरेका छन् । चलचित्रले सिनेमाघरमा दर्शक जुटाउन नकस्ने उनको उनको भनाइ छ । उनले चलचित्रको गीत र ट्रेलरलाई बकवास बताएका छन् । उनले चलचित्रलाई हेर्न काम नभएका र रिक्शावालहरु मात्र जाने पनि दाबी गरेका छन् । ‘चलचित्रले १५० करोड भन्दा बढी कमाइ गर्न सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप