शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाशसँगको रोमान्समा खुलिन् वर्षा

शुक्रबार, १३ मङ्सिर २०७६, १२ : ११
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । पुराना गायक तथा संगीतकार शम्भु राईको गीत कपी गरेको कारण केही पहिले चर्चा र आलोचना दुबै खेपेको गायक प्रकाश सपूत पछिल्लो समय म्युजिक भिडियोमा पनि लगातार देखिन थालेका छन् । 

उनै प्रकाशको अभिनय रहेको नयाँ गीत ‘हुन्छ भनन’ सार्वजनिक भएको छ । गायिका पूजा सुनुवार र गायक डेबिड शंकरको स्वर रहेको गीतको भिडियोमा प्रकाशले मोडल बर्षा राउतसँग रोमान्स गरेका छन् ।

प्रकाशसँग रोमान्स गर्दा बर्षा पनि निकै खुलेकी छन् ।

बर्षासँग भिडियो अभिनय आफ्नो महत्वपूर्ण क्षण भएको प्रकाश बताए ।

उत्सव दाहालले छायाँकन, विकास दाहालको सम्पादन रहेको भिडियोमा अनुप चापागाईंको निर्देशन रहेको छ । यो गीत सार्वजनिक भए लगत्तै टिकटकमा भने भाइरल भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप