शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दैलेखमा माइक्रोबस दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु

शुक्रबार, १३ मङ्सिर २०७६, १२ : २७
शुक्रबार, १३ मङ्सिर २०७६

सुर्खेतबाट दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन् ।

घाइतेहरुको उद्दार कार्य जारी रहेको र उद्धार भइसकेकालाई उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ । 

जिप्रका दैलेखका इन्सपेक्टर उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे थप विवरण आउन बाँकी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप