बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रिक्सामा महिन्द्राको उल्टो लोगो टाँसेको तस्बिर पोष्ट गर्दै कम्पनीका मालिकले लेखे, ‘चालकलाई उन्नत साधन प्रदान गर्नेछौं’

शुक्रबार, १३ मङ्सिर २०७६, १३ : ०१
शुक्रबार, १३ मङ्सिर २०७६

आनन्द महिन्द्राले ट्वीटरमा एक रिक्सा चालकको प्रशंसा गरेका छन् । निरज नामका प्रयोगकर्ताले एक रिक्साको तस्बिर पोष्ट गरेका थिए । यसमा रिक्साको पछाडि महिन्द्र कम्पनीको लोगो टाँसिएको थियो । आनन्दले यो तस्बिर रिट्वीट गर्दै रिक्सा चालकलाई उत्कृष्ट आवागमन साधन उपलब्ध गराउने बचन दिए । महिन्द्रा ट्वीटरमा निकै सक्रिय छन् । उनी धेरैजसो आफ्नो ट्वीटमार्फत् महिन्द्राको प्रोमोशन गर्छन् ।

महिन्द्राले ट्वीटमा भने, ‘मलाई लाग्छ कि तपाईंलाई यो रोचक लागिरहेको होला र यो साँच्चै नै निकै मज्जाको छ । विशेषगरी लोगोलाई उल्टो गरी राखिएको छ तर म रोमाञ्चित छु । एक रिक्सा चालकले पनि हामीलाई प्रेरणाको रुपमा हेरिरहेका छन् भने हामीले पनि उनलाई आवागमनका लागि नयाँ र उन्नत साधन उपलब्ध गराउनेछौं ता कि जीवनमा अघि बढ्न सकून् ।’

ट्वीटरमा महिन्द्राका ७१ लाख फलोअर्सः

महिन्द्रा ट्वीटरमा रोचक र प्रेरणादायी तस्बिर ट्वीटरमा सेयर गरिरहन्छन् । सोसल मिडियामा उनी सबैभन्दा धेरै सक्रिय व्यापारी हुन् । ट्वीटरमा उनका ७२ लाख ३९ हजार ५७ फलोअर्स छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप