बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल महिला भलिबलको सेमिफाइनलमा

शुक्रबार, १३ मङ्सिर २०७६, १४ : ३२
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । नेपाल १३ औं साग महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । 

भारतले बंगलादेशमाथि २५–८, २५–११, २५–९ को जित निकालेको थियो । समूह ‘ए’ मा रहेको नेपाल उपविजेता बन्यो । भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । भारतले नेपाल र बंगलादेशलाई हराएको थियो । नेपालले भने बंगलादेशलाई हराएको थियो । 

लगातार दुई हारसँगै बंगलादेश समूह चरणबाट बाहिरएको छ । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । जसमा श्रीलंका र माल्दिभ्समध्ये एक टोली नेपालको प्रतिद्वन्ी हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप