शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रभु बैंकको टिमुरे शाखा कार्यालय सञ्चालनमा

शुक्रबार, १३ मङ्सिर २०७६, १८ : ४१
शुक्रबार, १३ मङ्सिर २०७६

रसुवा– प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा १९८ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको टिमुरे शाखा कार्यालयको गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले एक समारोहका बीच उद्घाटन गरे । 

बैंकको टिमुरे शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख तामाङले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । 

उनले बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गर्नु भयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप