शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मैत्रीपूर्ण खेलमा नेपालको तेस्रो हार

शनिबार, ०३ भदौ २०७४, १८ : ४६
शनिबार, ०३ भदौ २०७४

काठमाडौं– जापानमा रहेको नेपाली टोलीले मैत्रीपर्ण फुटवल खेलमा लगातार तेस्रो हार ब्यहोरेको छ । नेपाली राष्ट्रिय टोलीले शनिवार जापानको १८ वर्ष मुनीको क्लवसँग शनिवार भएको मैत्रीपूर्ण खेलमा पराजय ब्यहोरेको हो । 

शनिबार भिसेल कोबेको १८ वर्षमुनीको टोलीसँग ४–२ गोल अन्तरले नेपाली टोलीले पराजय ब्यहोरेको हो । नेपालका लागि बिमल घर्तिमगर र भरत खवासले गोल गरेका थिए ।

नेपालको राष्ट्रिय टोली  जापानको क्षेत्रीय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो भने शुक्रबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा नेपाली टोलीले गाम्बा ओसाका २३ वर्ष मुनीको टोलीसँग १–१ को बराबरी खेलेको थियो । 

नेपालले भदौ २० गते एसियन कप छनोटको तेस्रो खेलमा ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप