शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महाकाली राजमार्गमा शङ्कास्पद  वस्तु फेला

शनिबार, १४ मङ्सिर २०७६, १२ : ४९
शनिबार, १४ मङ्सिर २०७६

दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । दोगडाकेदारको वडा नं ४, सुर्नया गाउँपालिकाको वडा नं १ र पुर्चौडी नगरपालिकाको वडा नं ४ मा उपनिर्वाचनका लागि मतदान  भने जारी रहेको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप