बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक किलो सुन सहित फेरि चिनियाँ नागरिक पक्राउ

शनिबार, १४ मङ्सिर २०७६, १४ : ५४
शनिबार, १४ मङ्सिर २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक चिनियाँ  पक्राउ परेका छन् । पक्राउ पर्नेमा  २२ वर्षीय  सा लुतुई रहेका छन्  ।

तिब्बत एयरको उडानद्धारा काठमाडौं आएका उनलाई गएराति भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएर केएमसी सिनामंगल लगि एक्सरे गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा लुकाइ ल्याएको उक्त परिमाणको सुन निकालिएको थियो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  बिहीबार रातिपनि प्रहरीले ८ किलो सुनसहित २ चिनियाँलाई पक्राउ गरेके थियो  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप