लिभरपुलको इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो पकड
भर्जिल भान डाइकले दुई गोल गरेसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो पकड जमाएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले ब्राइटन एन्ड होभ अल्बियोनलाई २–१ गेलले हरायो ।
जितसँगै साविक उपविजेता लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी र लेस्टर सिटीमाथि ११ अंकको अग्रता बनाएको छ । लिभरपुलले १४ खेलबाट ४० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ । एक खेल कम खेलेको लेस्टर सिटी २९ अंक सहित तेस्रो स्थानमा छ । लिभरपुलसँग हार खेपेको ब्राइटन १५ अंक सहित १५औं स्थानमा छ ।
लिभरपुलले १८औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट अग्रता लिएको थियो । २४औं मिनेटममा अर्नाेल्डकै पासमा भान डाइकले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा रक्षात्मक रणनिति अपनाएको लिभरपुलविरुद्ध ब्राइटनले ७९औं मिनेटमा एक गोल फर्काएको थियो । ब्राइटनका कप्तान लेविस डंकले गोल गरे । यसअघि ७६औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । एडम वेवस्टेरको प्रहारलाई डिबबक्स बाहिर ह्यान्ड गरेपछि गोलरक्षक एलिसन बेकर रातो कार्ड पाउँदै बाहिरिएका थिए । अन्तिममा दबाब झेलेको लिभरपुलले जित निकाल्न भने सफल भयो ।
शनिबार रातिनै भएको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । अर्को खेलमा चेल्सी घरमै वेस्टहाम युनाइटेडसँग १–० गोलले पराजित भयो । टोट्टनहामले बर्नमाउथलाई ३–२ गोलले स्तब्ध बनायो । अर्को खेलमा क्रिस्टल प्यलेसले बर्नलीलाई २–० गोलले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने