शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकाले लुकाउन सकिनन् प्रेम

आइतबार, ०४ असार २०७४, १३ : २७
आइतबार, ०४ असार २०७४


काठमाडौं । अभिनेत्री प्रियंका कार्की आयुष्मान देशराजसँगको प्रेम रहेको समाचार केही पहिले सार्वजनिक भएको थियो । देशराजसँगको प्रेम लुकाएर राख्न चाहेका कारण उनले यो बिषयमा मुख खोलेकी पनि थिइन् । तर शनिबार भने उनले उक्त प्रेम लुकाउन सकिनन् ।


‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेत्रीको पुरस्कार थापेकी प्रियंका पुरस्कार थापे लगतै खुसी साट्न प्रेमी देशराज बसेको स्थानमा पुगिन् र देशरालाई अंगालो मारिन् । देशराजले पनि उनको अंगालोलाई बेसरी कस्दै जुरुक्कै बोकेर ओठमा चुम्बन गरे ।


प्रियंकाको र देशराजको यो हर्कत सोही स्थानमा पहिले देखिनै बसिरहेका देशराजकी आमा रविना देशराज, भाई आशिरमान देशराज समेत रमाइलो तवरले हेरिरहेका थिए । कार्यक्रममा उपस्थित सबै दर्शकको ध्यान आफुतिर भएको थाहा पाएपछि भने प्रियंंका लाजले रातोपिरो भएकी थिइन् । 


प्रियंकाले लुकाउँदै आएको प्रेम कार्यक्रममा देशराजले केही पहिले सार्वजनिक गरिसकेका थिए । चलचित्र ‘चपली हाइट २’ बाट ‘उत्कृष्ट नव–अभिनेता’को पुरस्कार जितेका उनले स्टेजबाटै नायिका कार्कीलाई आफ्नो प्रेमिकाको रुपमा परिचित गराएका थिए । देशराजले त्यसरी परिचित गराउँदा स्टेज अगाडि बसेकी प्रियंका उनीतिर हेर्दै हाँसी मात्र रहिन् ।   


हुन त केही अगाडिसम्म सामाजिक संजालमा प्रियंका देशराजलाई  भाइको रुपमा सम्बोधन गर्दै प्रस्तुत हुने गर्थिन् । कार्यक्रममा देशराजले सबैका सामु प्रेमको खुलासा गरेपछि भने उनले प्रेम लुकाउन सकिनन् ।


सेतो कलरको ग्ल्यामर झल्कने आकर्षक पहिरनमा कार्यक्रम स्थल पुगेकी प्रियंकाले देशराजको परिवारसँग तस्बिर समेत खिचाइन् । देशराजका परिवार पनि प्रियंकासँग तस्बिर खिचाउँदा खुसी देखिन्थे ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप