बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘जनयुद्धको दोषी ठहरिए कारवाही भोग्न तयार छु’

आइतबार, १५ मङ्सिर २०७६, २० : ००
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्तकालीन माओवादी जनयुद्धका क्रममा केही नहुने घटनाहरु पनि भएको भन्दै त्यसकेला भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफू लिन तयार भएको बताएका छन् । उनले त्यसबेला भएका जघन्य अपराधका दोषीलाई केही न केही कारवाही हुनुपर्छ नै भनेर आफुले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग बनाएर र द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन आफु प्रयासरत रहेको बताए । आइतबार सहिद बुद्धिमान पाख्रिनको १७ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । पाख्रिन तत्कालिन एमालेका नेता थिए ।

अरु के–के भने प्रचण्डले ?

युद्ध आफैमा त्यस्तो कर्म हो, सवै हिसावकिताव अनुसार हुदो रहेनछ । त्याहा राम्रा र नराम्रा परिघटना पनि जोडिएर आउने रहेछन् । यद्यपी हामी कम्युनिस्ट पार्टी हुनुको नाताले र एउटा सिद्धान्त र दर्शनबाट निर्देशित हुनुको नाताले सकेसम्म आफ्नोतर्फबाट गल्ती कमजोरी नहोस् भन्ने कुरामा ध्यान दिने, त्यसअनुसारको स्कुल चलाउने र प्रशिक्षण चलाउने त हामी गर्छौ र ग¥यौँ पनि । यो गर्दागर्दै पनि युद्धको प्रकृयामा केही नहुनुपर्ने घटनाहरु हुन्छन् ।

मैले के भनेको छु भने जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको पनि नेतृत्व गर्ने भएकाले त्यो जनयुद्धका समयमा भएका सबै राम्रा र नराम्रा घट्नाको म जिम्मेवारी लिन्छु भनेर सार्वजनिक रुपमा भन्दै आएको छु । किनकी त्यसक्रममा भएका राम्रा कुरा जसले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने आधार तयार पा¥यो । त्यहाँ भएका त्याग, तपस्या, वीरता र बलिदानका हजारौ किर्तिमानहरु जो कायम भए त्यसको पनि र त्यसक्रममा भएका केही ज्यादतिपूर्ण घटनाहरु भए त्यसको पनि जिम्मेवारी लिन्छु भनेको छु मैले । यो जिम्मेवारी लिने सन्दर्भमा हामीले शान्ति सम्झौता गरेपछि अन्तरिम संविधान बनेदेखि नै हामीले लगातार त्यसवेलाका घट्नाहरुको छानविन गर्ने, सत्यतथ्य पत्ता लगाउने, दोषीलाई कारवाही गर्ने, मेलमिलापको वातावरण बनाउने भन्ने बारेमा छलफल गर्दै आएका छौ ।

हुन त अन्तरिम संविधान बनाउने बेला ‘युद्धका बेलामा अव जे भयो भया, तिनलाई बिर्सौँ भन्ने प्रस्ताव आएको थियो । त्यसमा पनि छलफल भएको थियो । तर म शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एक व्यक्तिको हैसियतले मैले त्यसो गर्नुहुदैन । किनभने भविश्यमा फेरि गलत ढङ्गले मानिसहरुको हत्या नहोस् बलात्कार नहोस् भनेको हुँ । हत्या बलात्कार र जघन्य अपराधमा संलग्नहरुले उन्मुक्ति पाउने वातावरण नबनोस् भनेर मैले नै भनेको हुँ । अन्तर्राष्ट्रिय अनुभव र न्यायसम्बन्धी मान्यतालाई ख्याल गर्दै हामीले हरेका घटनाको छानविन गर्नुपर्छ, सत्य के हो त्यो पत्ता लगाउनुपर्ने हुन्छ । मेलमिलापको उद्देश्य राखेर परिपुरणको वातावरण पनि बनाउनुपर्ने र दोषीलाई कारवाही गर्ने प्रकृयातिर पनि जानुपर्ने हुन्छ, ताकि भविश्यमा त्यसखालका जघन्य अपराधहरु नहुन् । ती तात्कालीन राज्यपक्ष वा विद्रोही पक्षबाट भएका भएपनि केही न केही कारवाही भएमात्रै भविश्यमा दोहोरिन नदिने वातावरण वनाउन सकिन्छ भन्ने प्रस्ताव गरेर नै अन्तरिम संविधानमा मेलमिलाप र वेपत्ताहरुको खोजी गर्न आयोग बनाउने र त्यसको रिपोर्टको आधारमा कसलाई कारवाही गर्नुपर्ने हो र कसलाई परिपुर्ण गर्नुपर्ने भन्ने कुराको टुङ्गो लगाउन त्यो व्यवस्था गरिएको हो ।

मैमाथि पनि धेरै मुद्दा रहेका छन् । झुठा छन्, सहि छन् त्यो पछि थाहा हुने कुरा हो । त्यसकारण यदि म दोषी नै ठहरिए कारवाही भोग्न तयार छु भनेर मैले नै आयोगहरु बनाउन जोडवल गरेको हुँ । युद्धमा जताबाट मारिएका भएपनि उनीहरु सबैलाई सम्बोधन गर्न चाहान्छु कि हामी एम्नेस्टिको पक्षमा हामी रहेनौँ । त्यसकारण सत्यनिरुपण मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग बनेका हुन् । बन्ने प्रकृया अहिले पनि चलिरहेको छ । विधेयक संशोधन प्रकृया पनि भइरकेको छ । छिटै टुङ्गिदैछ, दोषीले उन्मुक्ति पाउने अवस्था छैन । तर एउटा कुरा के हो भने सत्यनिरुपण तथा मेलमिलाप आयोग भनेको सकेसम्म समाजमा मेलमिलाप कायम गर्ने र सत्य स्थापित गर्ने होस् । भएको र गरेको सत्यतथ्य बाहिर आउनुपर्यो । त्यसका लागि सत्तापक्ष र प्रतिपक्षबीच सहमति नै भएको छ । पीडित परिवारलाई राज्यको तर्फबाट गर्नुपर्ने कामको परिभाषा गरेर विधेयकमा राखिएको छ । अहिले त परिस्थति धेरै नयाँ बन्यो हामी आफै हिजो युद्धमा एकअर्काका विरोधी त थिएनौँ । किनभने तत्कालिन एमाले सत्तामा बसेर दमन गर्ने र तत्कालीन माओवादी एमालेका विरुद्ध विद्रोह गरेको होइन । यद्यपी हाम्रो बैचारिक र राजनीतिक मतभेद थिए । जसले गर्दा आलोचना एकअर्कामा हुन्थे । अहिले झण्डै ६४, ६५ हजार उजुरीहरु परेका छन् । तिनको बारेमा टिआरसीले रिपोर्ट दिएपछि कुनलाई अदालतबाट मुद्दा चलेर जाने हुन् कुन होइनन् भनेर टुङ्गिने कुरा हो । त्यसकारण मेरो भनाइ के हो भने हिजोपनि तत्कालीन एमाले र माओवादी आपसमा लडाईं लडेका होइनौँ । पञ्चायतमा हामीसँगै लडाई लडेका थियौँ । निरङ्कुश राजतन्त्र र २०६२÷०६३ को आन्दोलनन पनि सँगै हामीले लड्यौँ र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा पनि मिलेरै ग¥यौँ । लडाईंका क्रममा नहुनुपर्ने केहीकेही घट्ना भए तिनको छानविन र सत्यतथ्य बाहिर ल्याउनुपर्ने आफ्नो ठाउँमा छँदैछ ।

जनयुद्धलाई शान्ति प्रकृयामा रुपान्तरण गर्ने बेलामा पनि तत्कालिन एमाले र माओवादीबीच जसरी अरुसँग वार्ता र सम्वाद भएको थिएन । राजनीति सम्भावनाको खेल हो । यदि समान विचार भयो भने धेरै तिक्तता र तितामिठा अनुभव भएपनि अन्तत हामी विचार राजनीतिक उद्देश्य र निष्ठाले एकै ठाउँमा ल्याउन सक्छ भन्ने मान्यता राख्छौँ हामी । त्यही मान्यताभित्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप