मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर २७ बाट सर्‍यो ‘१२ सत्ताइस’

आइतबार, १५ मङ्सिर २०७६, १३ : ३९
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौं । फिल्म ‘१२ सत्ताईस’को रिलिज मिति परिवर्तन भएको छ । यहि मंसिर २७ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्म सरेर माघ ३ मा पुगेको छ । 

फिल्मको प्रचार प्रचारमा प्रयाप्त समय नपुगेको भन्दै फिल्मको रिलिज मिति सारिएको निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस्ले जनाएको छ । 

लाइट कमेडी जनरामा निर्माण भएको फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् । 

फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज, भिस्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ ।

रेणु राना, दीपक खातिवडा र रुपक थापाले मिलेर निर्माण गरेको फिल्ममा सह–निर्माताको रुपमा गौतम शाह रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप