५१ औँ दिन पार गर्न सफल ‘छ माया छपक्कै’
काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दिन पार गरेको छ । पछिल्लो समय रिलिज भएका धेरै फिल्मले लगानी समेत सुरक्षित गर्न नसकिरहेको अवस्थामा ‘छ माया छपक्कै’ले भने प्रदर्शनको ५१औं दिनको यात्रा पार गर्न सफल भएको हो ।
दशैँको छेको पारेर गत असोज २४ बाट प्रदर्शनमा आएको यो फिल्मले बीएसआर मुभिज, सिडिसी सिनेमाज्, गोपीकृष्ण मुभिज, अष्टनारायण, गुण र गंगा गरेर ६ चलचित्र घरमा प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको हो ।
फिल्मको सफलताको सम्पुर्ण श्रेय पहिले दर्शकलाई जाने निर्देशक दीपेन्द्र लामाले बताए ।
‘छ माया छपक्कै’ले ५१औं दिनसम्म करिब १४ करोडको ब्यवसाय गरेको अनुमान निर्माता रोहित अधिकारीले गरे ।
राजनीतिक पृृष्ठभूमिमा प्रेमकथा मिसाइएको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
-
आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई
-
पोखरा मुग्लिङ सडक : सम्झौताको म्याद सकियो, आधा काम पनि सकिएन