शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र पाकिस्तान फाइनलमा

आइतबार, १५ मङ्सिर २०७६, १५ : ४८
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौं ।  भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–१ को सेटमा हरायो । रोचक खेलमा भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५, २५–२१ ले स्तब्ध बनायो ।

यसैगरी अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ३–० सोझो सेटमा हरायो पाकिस्तानले बंगलादेशमाथि २५–१५, २५–२१, २६–२४ को जित निकालेको थियो ।  स्वर्णका लागि मंगलबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् । महिलातर्फ भने भारत र नेपालबीच फाइनल भिडन्त हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप