बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की–२ मा विद्या भट्टराई जीत नजिक

आइतबार, १५ मङ्सिर २०७६, १७ : ४८
आइतबार, १५ मङ्सिर २०७६

पोखरा–कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्र्तगत ३७ हजार १ सय ३२ मत गणना सकिएको छ । पछिल्लो परिणाम अनुसार नेकपा उम्मेदवार विद्या भट्टराई र काँग्रेस उम्मेदवार खेमराज पौडेलबीचको मतान्तर ८ हजार ५ सय ३६ रहेको छ । मत गणनाको परिणाम हेर्दा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी नजिक पुगेकी छन् । 

भट्टराई ८ वटा वडाको ३७ हजार १ सय मत गणना भइसक्दा २० हजार ७ सय ७९ मत प्राप्त गर्दै विजयको नजिक पुगेकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।

अब वडा नम्बर ४, ७ र ८ को ८ हजार ४ सय ६३ मत गन्न बाँकी छ । मतगणना हुन बाँकी मत भन्दा बढी मत भट्टराईले पाइसकेकी छन् । यसले पनि उनको जित सुनिश्चित जस्तै देखिएको छ ।  नेकपाकी उम्मेदवार भट्टराईको अहिलेको मतान्तरनै ८ हजार ५ सय ३६ मतान्तर छ । 

यस वाहेक अहिलेसम्म समाजवादीको १ हजार ५०३, साझा पार्टीका उम्मेदवराले ६२६ र राप्रपाका उम्मेदवारले १०६० मत ल्याएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप