बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गुणस्तरीय स्वास्थ्य सेवा भए ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षा पूरा हुनेछः उपप्रधानमन्त्री पोखरेल

आइतबार, १५ मङ्सिर २०७६, १८ : ३७
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ– काठमाडौँ नेचुरोपेथी अस्पतालको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् । 

काठमाडौँको बसुन्धरामा स्थापित अस्पतालको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार हुने युनिक अस्पताल भएकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

‘सायद म यस अस्पतालको उद्घाटन गर्न नआएको भए सँधै पछुताउने रहेछु, यस अस्पतालको दिने अत्याधुनिक सेवाहरु थाहा पाउँदा निकै खुसी भएको छु ।’ उपप्रधानमन्त्री पोखरेलले भने । 

गुणस्तरीय स्वास्थ्य सेवा भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षा पूरा हुने उनले बताए । प्राकृतिक चिकित्साको माध्यमबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर काठमाडौँ नेचुरोपेथी अस्पतालले महत्वपूर्ण कामको थालनी गरेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री रामबहादुर गुरुङले दीर्घकालिन रोगीहरुको संख्या बढेकाले प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको बताए ।

अस्पतालमा प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गर्ने अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।

अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, विशिष्ट आवास कक्ष, जीवनशैली क्लिनिक आदि सुविधा छन् ।

विनाऔषधि र विनाशल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा प्यारालाइसिस, नशा च्यापिएको, हड्डी खिइएको तथा कम्मर, गर्धन दुखाई, बाथ, उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम जस्ता रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा यञ्जन गैरेले जानकारी दिए ।

कार्यक्रममा शरीरको तल्लो भाग नचल्ने भएर काठमाडौँ नेचुरोपेथी अस्पतालमा भर्ना भएर बसेका त्रिपाठी तिवारीले अन्य अस्पतालमा उपचार हुन नसकेपछि आफू यस अस्पतालमा आएको र आएको एक साताबाटै ठीक भएको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप