बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरपालिकामा काँग्रेस ७ सय ७ मतले अघि

आइतबार, १५ मङ्सिर २०७६, २० : ३३
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ। धरान उप-महानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसको अग्रता बढ्दो क्रममा छ । उप-महानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० गरी ८ वटा वडाको मतगणना सकिँदा काँग्रेसका तिलक राईले  ७ सय ७ मतले अग्रता लिएका छन् । 

तिलक राईले  ११ हजार ८ सय २७ म प्राप्त गरेका छन् भने नेकपा प्रकाश राईले ११ हजार १ सय २० मत ल्याएर पछ्याइरहेका छन् । यता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्वुले ५९०, समाजवादीका गजेन्द्रबहादुर लिम्वुले ३९३, स्वतन्त्र उम्मेदवार हर्कराज राईले २२२ र राप्रपाका रोशन विकले ७७ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप