शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपचुनावको मत परिणामले व्यापक भ्रष्टतालाई अनुमोदन गर्‍यो : रवीन्द्र मिश्र

आइतबार, १५ मङ्सिर २०७६, २१ : १३
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनको मत परिणामले व्यापक भ्रष्टतालाई अनुमोदन गरेको प्रतिक्रिया दिएका छन् । उपनिर्वाचनको जारी मत परिणाममा साझाले निराशाजनक परिणाम व्यहेरेपछि मिश्रको यस्ता प्रतिक्रिया आएको हो । 

आइतबार साझ उनले आफ्नो फेसबुक ह्यान्डलमा लेखेका छन्,‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

उपचुनावले साझा पार्टीले थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको र आफूहरू दिलोज्यान दिएर त्यसमा लाग्ने पनि उनले बताए । साथै उनले युवा मतदाता खोई भन्दै प्रश्न समेत गरे । ‘हुन त तथ्याङ्कपछि आउला तर कास्कीका सबै चुनावी केन्द्र घुम्दा अधिकांश केन्द्रमा युवा मतदाता अत्यन्तै न्यून थिए । जुन कम्तिमा २ जना मतदान अधिकृतले पुष्टी गरे।’

दशौँ लाख युवा विदेशमा भएकोले र बाँकीमा राजनीतिप्रतिको वितृष्णाले यस्तो भएको भन्दै उनले उक्त कुरा साझा पार्टीका लागि मात्र नभइ, देश रूपान्तरणका लागि चिन्ताजनक विषय  मिश्रको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप