बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा टिपर आतङ्क, दुईजनाको मृत्यु

सोमबार, १६ मङ्सिर २०७६, ११ : ०५
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकामा छुट्टाछुट्टै स्थानमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । नौ घण्टाको फरकमा भएका दुवै दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँको कलंकी र भक्तपुरको सिर्जनानगरमा टिपरको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो ।

कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै सोमबार बिहानै टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो । बिहान सवा ५ बजे सडकको फोहोर उठाउँदै गरेका अन्दाजी ४० वर्षीय पुरुषलाई नम्बर खुल्न नसकेको टिपरले ठक्कर दिएको थियो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल उपचारको क्रममा सवा ६ बजे उनको मृत्यु भएको जनाइएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटना पश्चात टिपरसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, भक्तपुरको सिर्जनानगरमा आइतबार बेलुकी टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २७ वर्षीय समिर विकको मृत्यु भएको हो ।

बेलुकी सवा ८ बजे बा३ख २५३१ नम्बरको टिपरले विकलाई ठक्कर दिएको थियो । सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारको क्रममा गएराति ९ बजे विकको मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप