बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नबिल बैंकको ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

सोमबार, १६ मङ्सिर २०७६, ११ : ३६
सोमबार, १६ मङ्सिर २०७६

नबिल बैंकले  ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा, वर्षैभरी हरेक दिन सेवा प्रदान गर्नेछ ।  

नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुकालागि एकल विन्दुको रुपमा काम गर्नेछ ।

 बैंकको ग्राहक सेवा केन्द्रमा अत्याधुनिक प्रविधि राखेर ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने नबिल बैंकले जनाएको छ । 

यसले देश तथा बिदेश  मा रहेका ग्राहकलाई सूचना आदान–प्रदान गर्ने कार्य गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “बैंकको यस ग्राहक सेवा केन्द्र ले हाम्रा ग्राहकलाई अझै  उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्नेछ । ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्य रुपमा जोड दिदै आएको ग्राहक सेवा केन्द्रलाई थप सुधार गर्ने र अझ परिस्कृत बनाउनका लागि बल प्रदान गर्नेछौँ” 

नबिल बैंक निजि क्षेत्रको अग्रणी  बैंक हो । यसका देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली  बैंकिङ क्षेत्रमा  नबिनतम्  सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको छ ।

यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नुका साथै आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप