बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सन्राइज बैंकको १२५ औं शाखा परासीमा

सोमबार, १६ मङ्सिर २०७६, ११ : ४७
सोमबार, १६ मङ्सिर २०७६

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्राय साथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । 

यसै क्रममा बैंकले नवलपरासीस्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा जनक शर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंकमार्पmत लगानी गर्न प्रोत्साहन गरे ।

सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालीकाको मेयर राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । 

उतm कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा श्रीमती आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो।

हालसम्म सन्राइज बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एममार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालन गर्ने योजना रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप