बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सोनीले दिलाइन् ट्राईयाथलनबाट नेपालका लागि स्वर्ण

सोमबार, १६ मङ्सिर २०७६, १३ : १८
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । ट्राईयाथलन खेलाडी सोनी गुरुङ्गले नेपालका लागि स्वर्ण दिलाएकी छिन् । उनले दक्षिण एशियामा ट्राईथालनको पावर मानिने भारतलाई पछि पार्दै स्वण हात पारेकी हुन् ।

नेपालको रमणीय स्थल पोखराको चिसो मौसमलाई तातो बनाउँदै सोनीले नेपालका लागि स्वर्ण हात पारेकी हुन् । उनले निर्धारित ७५० मिटर पौडी, २० कि.मी. साई क्लिङ्ग र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेकी हुन् । पौडी र साइक्लिङ्गमा पछि परेकी उनले दौडमा आफुलाई अब्बल राख्दै स्वर्ण हात पार्न सफल भएकी हुन्  ।

विजयी गुरुङ्गलाई नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले नगद १ लाख प्रदान गर्ने घोषण गरेका छन् । यस्तै गण्डकी प्रदेशका माननिय सांसद दीपक कोइरालाले खेलाडीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार प्रदान गर्ने घोषण गरेका छन् ।

दोश्रो र तेश्रो स्थानमा भारत रह्यो । भारतकी सरोजनी देवी थउदमले १ घन्टा, १४ मिनटका साथ रजत र भारतकै प्रग्न्या मोनानले १ घन्टा १४ मिनट ५७ सेकेन्डका साथ कास्य प्राप्त गरे । पोखराको फेवा लेकमा भएको प्रतिस्पर्धामा पुरुषतर्फ भने नेपाली खेलाडी बशन्त थारु कास्यमा चित्त बुझाउन बाध्य भए ।

उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ०६ सेकेन्डमा पुरा गरे । पुरुषतर्फ पहिलो र दोश्रो स्थान भारतले हात पा¥यो । भारतका आदर्श एमएन सिनिमोलले निर्धारित दूरी १ घन्टा २ मिनट ३१ सेकेन्ड र बिश्वरजित साइखोमले १ घन्टा २ मिनट ५९ सेकेन्डमा साथ स्वर्ण र रजत प्राप्त गरे । भोली मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप