शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीको चार पद चार पार्टीको पोल्टामा

सोमबार, १६ मङ्सिर २०७६, १४ : ३२
सोमबार, १६ मङ्सिर २०७६

महोत्तरी । महोत्तरी जिल्लामा चार वटा विभिन्न पदका लागि भएको उपनिर्वाचनमा चार पार्टीको पोल्टामा परेका छन् । जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडा अध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा नेकपा, कांग्रेस, राजपा र समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विक्रम चौधरीले तीन हजार २४९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याएका थिए ।
त्यस्तै बलवा नगरपालिका–२ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाली कांग्रेसका विपिन पञ्जीयार सुडीले ४६१ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याएका थिए ।

यसैगरी बलवा नगरपालिकाकै वडा नं ८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतोले ६५९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका निर्मल यादवले ३४६ मत ल्याएका थिए । 

 त्यसैगरी मटिहानी नगरपालिका–६ को वडाध्यक्ष पदमा राजपा नेपालका रामबाबु नायक ३७५ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका जाकिर अन्सारीले ३५५ मत ल्याएका थिए ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपाल विजयी भएको थियो भने यसपालि नेकपाले बाजी मारेको छ । अन्य तीन स्थानमा पुनः पहिले जितेका पार्टीनै दोहोरिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप