बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिम्रिकले अहिलेसम्मकै उत्कृष्ट  ‘बेल ५०५ जेट रेन्जर एक्स’का २ वटा हेलिकप्टर भित्र्याउँदै

सोमबार, १६ मङ्सिर २०७६, १४ : ५९
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । सिम्रिक एयरलाइन्सले अहिलेसम्मकै उत्कृष्ट हेलिकप्टर बेल ५०५ जेट रेन्जर एक्स नेपाल भित्र्याउने भएको छ । अमेरिकन हेलिकप्टर कम्पनी बेल जेक्ट्रानको उत्कृष्ट उत्पादन बेल ५०५ को दुईवटा हेलिकम्पटर कम्पनी नेपाल ल्याउन लागेको हो । 

बेल ५०५ जेट रेन्जर एक्सका दुईवटा हेलिकप्टर आउँदो जनवरीको अन्तसम्ममा नेपाल ल्याइसकिने कम्पनीका महाप्रवन्धक प्रेमकुमार थापाले रातोपाटीलाई जानकारी दिए ।  भिजिट नेपाल २०२० र हिमाल आरोहीको रेक्युस्युका लागि प्रयोग गर्ने गरी दुईवटा हेलिकप्ट ल्याउन लागेको उनको भनाई छ । 

‘नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर हामीले नयाँ थप दुईवटा हेलिकप्टर ल्याउँदै छौं । जसमा एउटा हेलिकप्टर भ्रमण वर्षको पर्यटक बोक्न र अर्को समस्यामा परेकाको उद्धार( रेक्युस्य)मा प्रयोग हुनेछ ।’ प्रवक्ता थापाले भने, ‘यो अहिले सम्मकै उत्कृष्ट डिजिटल ककपिट सहितको हेलिकप्टर हो ।’

त्यसो त बेल जेक्ट्रानको बेल ५०५ हेलिकप्टर पहिलो पटक नेपाल भित्र्याउन लागिएको हो । सो हेलिकप्टर हाई अल्टिच्युउटमा समेत उडानका लागि उत्कृष्ट र बहुप्रविधिमैत्री रहेको मानिएको छ । बेल ५०५ मा चार यात्रुसहित एक पाइलट गरी कूल ५ जनाको सिट क्षमता रहेको छ । 

सिम्रिकले गतवर्ष नै बेल ५०५ को परीक्षण गरिसकेको थियो । परीक्षणपश्चात सो हेलिकप्टर पाइलट, इन्जिनियरिङ्ग र लागतका हिसाबले समेत उत्कृष्ट साबित भएसँगै खरिद प्रक्रिया अघि बढाएको हो । सिम्रिकले कम्पनीसँग दुईवटा हेलिकप्टर बुकिङ्ग गरिसकेको छ ।

एउटा हेलिकप्टरको मूल्य १६ करोड रुपैयाँ रहेकोमा कम्पनीले दुई वटाका लागि कूल ३२ करोड खर्च गर्दैछ ।  हाल कम्पनीसँग ५ वटा हेलिकप्टर रहेको छ भने बेल जेक्ट्रानका थप दुईवटा हेलिकप्टर थपिएसँगै हेलिकप्टरको संख्या ७ पुग्नेछ । हाल सिम्रिकले आफ्ना हेलिकप्टरहरु चार्टरमा प्रयोग गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप