मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एक तिहाइ मत नखसेको ठाउँमा दुई तिहाइको वडा प्रमुख

सोमबार, १६ मङ्सिर २०७६, १६ : ०१
सोमबार, १६ मङ्सिर २०७६

यसपालिको उपनिर्वाचनमा चर्चाको केन्द्र बन्यो रोल्पाको थबाङ्ग । नेकपा विप्लव समूहको गढ मानिने थबाङ्ग गाउँपालिका वडा नम्वर १ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचन रोचक मात्रै बनेन स्थानीय प्रशासनलाई चुनौतीपूर्ण समेत बन्यो । 

सो वडामा कुल १२ सय भन्दा बढी मतदाता हुँदा जम्मा २ सय ८ जनाले मात्र मतदान गरे । जुन  १७ प्रतिशत भन्दा कम हुन आउँछ ।  कुल मतदाता सख्याको एक तिहाइ पनि मत नखसेको ठाउँमा खसेको कुल मतको दुई तिहाई बढि मत पाएर नेकपाका उम्मेदवार जनकबहादुर बुढा मगर  (१७४ मत ) ल्याएर वडा सरकार प्रमुख अर्थात वडाध्यक्षमा विजयी भए । 

 उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कलम रोका मगरले जम्मा २६ मत ल्याए  । ९ मत बदर भयो ।

‘विप्लव समूहले मतदान गर्न कोही नजाने र गए कार्बाहीको त्रास दिँदै आएको थियो ।  नवनिर्वाचित वडाध्यक्ष बुढा मगर भन्छन्–‘ निर्वाचन विथोलिने हो कि भन्ने त्रास थियो । विप्लवका साथीहरु मतदान केन्द्रको पेरिफेरी मै आएर मतदान नगर्न धम्काउँदै थिए । कुन्तीबाङ्ग , खेरबाङ्ग र मायाँखर्कबाट आउने मतदातालाई उतै रोकेर राखेका थिए । यहाँको कुल मतदाता १२ सय रहे पनि यहाँ त्यस्तै चार पाँच सय मात्रै बस्छन् ।’

उनले अवरोधका बीच पनि चुनाव सफल गर्न सकिएको बताए । 

  नवनिर्वाचित वडाध्यक्ष बुढा माओवादी जनयुद्धका लडाकु हुन् । उनी कम्पनी सहकमाण्डर सम्म भएका थिए । शान्ति प्रकयापछि  नन्दबहादुर पुन –(पासाङ्ग )  उपराष्ट्रपति बने पछि आफू उनको चालक रहेको उनी बताउँछन् । त्यसपछि गाउँमा आएर उनले मोवाईल मर्मत लगायतको इलोक्ट्रोनिक काम सिकेर जिविका चलाउँन सुरु गरे ।   पछिल्लो समय उनले फर्निचर र मिल चलाएर आर्थिक अबस्था सु्धार गर्दै आएका छन् ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप