मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता

सोमबार, १६ मङ्सिर २०७६, १९ : २२
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सकिनेछ । 

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । 

सम्झौतासँगै ग्राहकवर्गहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप