शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गढिमाई मेलाको लागि नेपाल ट्राफिक प्रहरीलाई ज्योति विकास बैंकको सहयोग

सोमबार, १६ मङ्सिर २०७६, १९ : ४८
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं– ज्योति विकास बैंकद्वारा नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय प्रदेश नं २ लाई १५ थान ब्यारियर गेट सहयोग गरेको छ। 

गढिमाई मेलाको समय हुने श्रद्धालुहरुको भीड व्यवस्थापनको लागि बैंकले नेपाल ट्राफिक प्रहरी क्षेत्रीय कार्यालयलाई ब्यारियर गेट प्रदान गरेको छ।

प्रदेश नं २ नेपाल ट्राफिक प्रहरीको पथलैया कार्यालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका एसपी योग बहादुर पालको उपस्थिति रहेको थियो। 

गढिमाई मेलालाई लक्षित गरि वितरण गरिएको ब्यारियर गेट प्रदेश नं २ भरिको अन्य कार्यक्रमहरुमा उपयोगी हुने कुरा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप