प्रदेश- ५ को लालपुरमा राजपाको स्थानीय सत्ता
बुटवल । पाँच नम्बर प्रदेशस्थित कपिलबस्तुको शिवराज नगरपालिका– १० लालपुरमा राजपा नेपालले स्थानीय सत्ता निर्माण गर्न सफल भएको छ । यसअघि भएको स्थानीय निवार्चनलाई बहिस्कार गरेको राजपा नेपालले उपनिर्वाचनलाई सदुपयोग गर्दे १० लालपुरमा स्थानीय सत्ता बनाएको छ ।
राजपाको उम्मेदवार मन्जु मिश्रले जित हाँसिल गरेसगै राजपाको स्थानीय सत्ता कायम भएको राजपा केन्द्रीय सदस्य राजेन्द्र गुप्ताले रातोपाटीलाई बताए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको निधनपछि रिक्त रहेको पदमा राजपाले बाजी मारेको हो ।
पाँच नम्बर प्रदेश अन्य ठाँउमा राजपा नेपालले उम्मेदार नउठाई शक्ती संञ्चयरुपमा कपिलबस्तुको लालपुरमा केन्द्रीत भएको थियो । जसका लागी प्रदेशसभा सदस्य कल्पाना पाण्डेयले पटक पटक कपिवस्तुमा पुगेर स्थानीय सत्ता निर्माणका लागि चुनाव जित्ने रणनिती तय गरेको बताइन् । पाण्डेय राजपाकी प्रदेशसभा एक्की सदस्य हुन् ।
उक्त वडाको अध्यक्षका लागि ७ राजनीतिक दल र ६ स्वतन्त्र उम्मेदवार गरी १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा लामो समयदेखि राजनीति गर्दे आएकी राजपाकी उम्मेदवार मिश्रले ८ सय ६८ मत ल्याई विजयी भएकी हुन् ।
उनका श्रीमान् राजु मिश्र पनि राजपाका नेता हुन् । उनी प्रदेशसभा उम्मेदवार बनेपनि जित हात पार्न सकेका थिएन् । मिश्रको वडा अध्यक्षमा जितेपछि सोमबार कपिबलस्तुमा पार्टीले विजय उत्सव मनाएको छ । उक्त सभामा प्रदेशसभा सदस्य पाण्डेयले पाँच नम्बर प्रदेश आफ्नो पार्टीको स्थानीय सत्ता बन्नको लागी उपनिर्वाचन लाभदाहिक बनेको बताइन् ।
उनले राजापालाई जनताको पक्षमा नमुनाको रुपमा काम गर्ने कपिलबस्तुको लालपुरलाई उदाहरण बनाउन विजेता मिश्रलाई आग्रह गरिन् । उनले भनिन्, ‘म पनि पार्टीको तर्फबाट प्रदेश सभामा एक्लै छु तपाई पनि स्थानीय तहमा एक्लै हुनुहन्छ । तर काम गर्दे जाँदा जनता हाम्रा बन्ने छन् ।’
राजपाले कपिबस्तुको लालपुर सहित देशका ३ वटा वडामा जित हासिल गरेको छ । राजपा नेपालले सप्तरीको छिन्नमाता गाउँपालिका वडा नम्बर ३ र महोत्तरीको मटिहानी–६ मा जित हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा