शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन राशिका लागि आजको दिन कति लाभदायी ?

मङ्गलबार, १७ मङ्सिर २०७६, ०६ : २२
मङ्गलबार, १७ मङ्सिर २०७६

वि.सं.२०७६ साल मंसिर १७ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि सप्तमी,४१ घडी ३३ पला,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र धनिष्ठा,२१ घडी ४० पला,दिउसो ०३ बजेर १९ मिनेट उप्रान्त शतभिषा । योग व्याघात,२३ घडी ०४ पला,दिउसो ०३ बजेर ५३ मिनेट उप्रान्त हर्षण । करण गर,बिहान १० बजेर २२ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा उत्पात योग । चन्द्रराशि कुम्भ । काठमाडौंमा 

 

सूर्योदय ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०७ पला । गढीमाईमा विशेष पूजा। विश्व अपाङ्ग दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारि धनको सहि परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुनेछन्  । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुनेहुँदा अरु प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बिच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथिसँग अबिश्वास बढेर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँनयाँ काम गरि समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन कमाउन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु फक्रियर जानेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी  गर्दापनि प्रशस्त आम्दानी गर्न सकिनेछ । लामो दुरिको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारि स्तरमा तपार्ईँको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारि साधन तथा भौतिक सम्पति हात लागि हुनेछ भने विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरि पाउने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुने तथा रमाउँन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा ध्यान जानेछ भने शिक्षा सँग सम्बन्धित व्यापार व्यावसायमा लगानी  गरि प्रसस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानीगरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउन सकिनेछ । बौद्धिकताको प्रयोग गरि बिशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पैत्रिक घर जग्गामा गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैयापैसा लगानी गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरुसँग बिवाद हुने योग रहेकोछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउनसक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । अध्ययनमा अलि बढि समय खर्चिय नतिजा आफ्नौ पक्षमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पतिपत्निबित बिश्वासको बाताबरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा मनजाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागि हुदा पढाइ लेखाइ भने थाति रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप