शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा आज १५ खेलमा प्रतिस्पर्धा हुँदै

मङ्गलबार, १७ मङ्सिर २०७६, ०८ : १९
मङ्गलबार, १७ मङ्सिर २०७६

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन आज मंगलबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । 

सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा काठमाडौंमा हुनेछ । 

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुँदैछ । नेपाली महिला भबिलल टोलीले भारतसँग स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ । दशरथ रंगशालामा हुने पुरुष फुटबलको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्नेछ । 

महिलाको फुटबलमा नेपालले श्रीलंकासँग खेल्दैछ । दशरथ रंगशालामै एथलेटिक्समा सात स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । तेक्वान्दोमा आजै थप चार स्वर्णको टुङ्गो लाग्नेछ । सागको दोस्रो दिन आइतबार नेपाल १५ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप