शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमा बिबादको विरोध र  जोडिएको एनआरएनए बेलायतको मन !

मङ्गलबार, १७ मङ्सिर २०७६, ०८ : २३
मङ्गलबार, १७ मङ्सिर २०७६

- बिपिन निरौला

लण्डन।  गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको नयाँ कार्यसमितिको सेप्टेम्बरमा सम्पन्न निर्वाचनले पानी बाराबार र एकअर्काको विरोध गर्ने यहाँका एनआरएनए अगुवा र सदस्यहरूलाई नेपाल-भारत सीमा बिबाद सम्बन्धी राष्यट्रियताको  प्रश्नले एकतामा गाँसिदिएको छ। 

एनआरएनए  बेलायतको आयोजनामा भारतविरुद्ध बेलायतको राजधानी  लन्डनको मुटुमा सोमबार मध्यान्ह नेपालीहरुले एकताबद्ध भइ  प्रदर्शन गरेका छन् । नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेपछि त्यसका विरोधमा एनआरएनएहरुले लन्डनमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनीपछि गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा हस्ताक्षरित विरोधपत्र  भारतीय दूतावासले लिन भने अस्वीकार गरेको थियो।  प्रदर्शनकारीहरुलाई प्रहरीले भारतीय उच्च आयुक्तको कार्यालयको  मुलढोकाबाट टाढा रहन भनेका थिए ।

एनआरएनए  बेलायतको उक्त विरोधपत्रमा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा अन्तराष्ट्रिय मान्यताको समेत उल्लंघन गरेको स्मरण गराउँदै दुवै देशबीचको वार्तामार्फत् सीमा सम्बन्धी विवाद तत्काल समाधान गर्न आग्रह गरिएको छ। विरोधपत्रमा भारतले जारी गरेको नयाँ नक्सा तत्काल सच्चाउन माग गरिएको छ। सो विरोधपत्र ईमेल तथा हुलाकबाट पठाइने महासचिव भट्टराईले जानकारी दिएका छन् ।

लण्डनस्थित भारतीय  उच्च आयुक्तको कार्यालय नजिकै प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर् लगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए। त्यसैगरी प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभागमा भएको भारतीय ज्यादतीको विरोध गरेका थिए। विरोध प्रदर्शनमा बेलायतका विभिन्न  शहरहरुबाट जम्मा भएका गैर आबासीय  नेपालीलगायत विभिन्न राजनीतिक र  संघसंस्थाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो।

एनआरएनए केन्द्रीय अध्यक्ष्य कुमार पन्त सहितले युरोपका विभिन्न देशहरुमा आफै ती देशहरुमा रहेका  भारतीय राजदुताबास र  उच्च आयुक्तको कार्यालयमा  प्रदर्शन गरि सम्पूर्ण एनआरएनए एनसीसी ( राष्ट्रिय परिषद )हरुलाइ बिरोध प्रदर्शन र ज्ञापनपत्र प्रस्तुत गर्न निर्देशन र सम्पूर्ण नेपाली हरुलाइ आह्वान गरेका थिए। सो अनुरुप नेपालीहरु एकजुट भएर बेलायतमा पनि प्रदर्शन गरिएको हाे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप