बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुई सन्तानको हत्यापछि दुई पत्नीसहित आत्महत्या

मङ्गलबार, १७ मङ्सिर २०७६, १० : ०१
मङ्गलबार, १७ मङ्सिर २०७६

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीसँगै जोडिएको गाजियावादको इन्दिरापुरममा एक पुरुषले आफ्ना दुई सन्तानको हत्या गरी दुई पत्नीसहित आत्महत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार इन्दिरापुरमको वैभव खण्डमा बस्दै आएको परिवारमा सो घटना भएको हो । दुई सन्तानको हत्यापछि आवासीय भवनको आठौँ तलाबाट ती पुरुष र उनका दुई पत्नीले हामफालेर आत्महत्या गरेको बताइन्छ । घटनास्थलमै ती पुरुष र उनकी एक पत्नीको मृत्यु भएको थियो भने घाइते अवस्थामा उद्धार गरिएकी अर्की पत्नीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

मंगलबार  बिहान भएको उक्त हत्या र आत्महत्याको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

भारतीय सञ्चारमाध्यमले स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार मृतक पुरुषको नाम गुलशन हो । मृतक दुई महिला उनका पत्नी परविन र सञ्जना रहेको बताइएको छ । मृतक दुई सन्तानमा रितिक र रितिका छन् । उनीहरु बस्दै आएको फ्ल्याटमा एउटा खरायो पनि मृत फेला परेको छ ।

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले उक्त फ्ल्याटमा सुइसाइड नोटका साथ ५०० रुपैयाँ पनि फेला पारेको थियो । कोठाको भित्तामा केही ‘बाउन्स चेक’ पनि टाँसिएको थियो । दम्पतीले आफ्ना केही छिमेकीमाथि आरोपसमेत लगाएको बताइएको छ ।

प्रहरीका अनुसार दम्पत्तीले सुरुमा १४ वर्षीय छोरा रितिक सुतिरहेको अवस्थामा घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि उनको घाँटीमा धारिलो हतियारले रेटेको पाइएको छ । छोराको हत्यापछि उनीहरुले छोरीको पनि त्यसैगरी हत्या गरेका थिए ।

प्रहरीले आर्थिक संकटका कारण उक्त परिवारले यस्तो कदम उठाएको आशंका गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप