शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऋतिक रोशनले सेयर गरे आफ्नो मुटुको फोटोः भावुक मेसेजमा लेखे, ‘साँच्चै... हामी कति कमजोर छौं’

मङ्गलबार, १७ मङ्सिर २०७६, ११ : ५०
मङ्गलबार, १७ मङ्सिर २०७६

बलिउड अभिनेता ऋतिक रोशनले सोमबार अबेर राती इन्स्टाग्राममा आफ्नो मुटुको फोटो सेयर गर्दै एक भावुक मेसेज लेखेका छन् । उनले लेखे, ‘मेरो मुटुको आकार । साँच्चै...हामी सबै कति कमजोर छौं । हामीले जीवनको आधा समय यत्तिकै खर्च नगरिकनै हरेक समय सबैलाई प्रेम गर्ने कोसिस गर्न सकिएको भए । हामी कति सजिलै बिर्सन्छौं कि हामी सबै एकै हौं र प्रेमका लागि बनेका छौं ।’

प्रशंसकले लेखेः प्रेरणादायक

१२ घण्टाभित्र ऋतिकको यो फोटोलाई करिब ९ लाख व्यक्तिले लाइक गरेका छन् । कतिले यसमा प्रतिक्रिया पनि दिएका छन् । एकजनाले कमेन्ट बक्समा लेखेका छन्, ‘मुटु स्वस्थ देखिएको छ ।’ अर्का एक प्रशंसकले लेखे, ‘प्रेरणादायक’ । यस्तै, अर्का एकले लेखेका छन्, ‘तपाईंको सुन्दरता तपाईंभित्र र तपाईंको अनुसन्धानमा देखिन्छ । तपाईं सधैं मेरो प्रिय हुनुहुन्छ । कृष द हिरो ।’

कामको कुरा गर्ने हो भने सन् २०१९ मा ऋतिक दुई फिल्म ‘सुपर ३०’ र ‘वार’ मा देखिए । दुबै फिल्म बक्स अफिसमा सुपरहिट भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप